कला–संस्कृति

जनकपुरधाममा अन्तराष्ट्रिय चलचित्र महोत्सव: संस्कृति र सिनेमाको संगम
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, विचार, समाचार

जनकपुरधाममा अन्तराष्ट्रिय चलचित्र महोत्सव: संस्कृति र सिनेमाको संगम

जनकपुरधाममा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। संवाद फाउण्डेशनको आयोजनामा आगामी फागुन १६ देखि १८ गतेसम्म जनकपुरधाम अन्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न हुनेछ। मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले यसको औपचारिक घोषणा गरेको हो। यस महोत्सवको प्रमुख उद्देश्य नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्नुका साथै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको छ। मिथिला क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस महोत्सवले स्थानीय र अन्तराष्ट्रिय चलचित्रकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिला संस्कृति विश्वमाझ चिनाउन जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने धारणा राख्नुभयो। साथै, ...
आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा, , वसन्त श्रवण
कला–संस्कृति, समाचार

आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा, , वसन्त श्रवण

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए। वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।...
‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक
कला–संस्कृति, मनोरंजन, समाचार

‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक

काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । संग्रहको नाम उनले छोरीको नामबाट जुराएका हुन् । ‘कोभिडपछि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले भने । कार्यक्रममा कवि विप्लव प्रतीकले संग्रहबारे टिप्पणी गर्दै भने, ‘यी कवितालाई कम्तिमा १ सय ११ दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन् ।’ ...
एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा
कला–संस्कृति, मुख्य -समाचार, समाचार

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ । ’उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो ।अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो-दीपककुमार श्रेष्ठ, सू...
गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ
कला–संस्कृति, मनोरंजन, समाचार

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ

गत वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन्। श्रीमान् विष्णुसँग अलग हुने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दाबी गरेका छन्। हिजो साँझ प्रसारित रजतपट कार्यक्रममा सुवेदीले एलिनाले बिष्णुसँग कुनै पनि आर्थिक दाबी नगरी डिभोर्स गर्न लागेको खुलासा गरेका थिए। उनका अनुसार यो प्रक्रिया एक महिनाभित्र टुंगिनेछ। उता विष्णुले पनि वारेसनामा दिएर प्रक्रिया अघि बढाएको बताइएको छ। चर्चित गायिका एलिना विवाहपश्चात बिष्णुसँग अष्ट्रेलिया गएकी थिइन्। तर, अष्ट्रेलियामा उनले घरेलु हिंसाको सामना गरेको भन्दै नेपाल फर्किई केही समय ओशो केन्द्रमा बिताइन्। लगत्तै, दुई साता अघि पोखरा जाने क्रममा उनले एक गायिकासँग आफ्नो पीडा बाँडेकी थिइन्। ती गायिकाले एलिनाको नाम नख...
काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। नेपालका लागि भारतीय राजदूतले झण्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरियो। साथै, नेपाली भूमिमा रहेका भारतीय समुदायका सदस्यहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए। गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका परिवारलाई नेरु. ५ करोड रकम वितरण गरी सम्मान गर्नुभयो। साथै, २१९ जना मृतक सैनिकका परिवारलाई नेरु. २३.२९ करोड वितरण गरिएको छ। यसै अवसरमा नेपालका २९ शैक्षिक संस्थाहरुलाई नेरु. २३.५ लाख बराबरका पुस्तकहरू प्रदान गरियो। भारत–नेपाल सम्बन्धलाई सशक्त बनाउनका लागि दूताव...
फेवा तालको किनारमा भारतीय राजदूतावासद्वारा कथक नृत्य कार्यक्रम सम्पन्न
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, समाचार

फेवा तालको किनारमा भारतीय राजदूतावासद्वारा कथक नृत्य कार्यक्रम सम्पन्न

पोखरा – भारतीय राजदूतावास, काठमाडाैंको आयोजनामा पोखराको रमणीय फेवा तालको किनारमा आज कथक नृत्य कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR)को सहयोगमा प्रस्तुत गरिएको यो कार्यक्रम आठ सदस्यीय कथक नृत्य टोलीद्वारा प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले गर्नुभएको थियो। कार्यक्रममा प्रदेशका सांसदहरू र वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले भारत र नेपालबीच लामो समयदेखि रहेको सभ्यतागत र सांस्कृतिक सम्बन्धलाई विशेष रूपमा स्मरण गर्दै यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कथक नृत्य प्रदर्शनले दर्शकहरूको मन जित्न सफल भयो। कार्यक्रममा सबै क्षेत्र र पृष्ठभूमिका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। यो कार्यक्र...
आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै
कला–संस्कृति, मुख्य -समाचार, समाचार

आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ । २१ मंसिर, जनकपुरधाम। जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ । आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानक...
जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, विचार, समाचार

जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

जनकपुरधाम, कार्तिक २५ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुरधाममा आयोजित सामा-चकेवा मूर्तिकला निर्माण कार्यशालाको उद्घाटन गर्नुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौं र मैथिली विकास कोष, जनकपुरको संयुक्त प्रयासमा यो कार्यशाला आयोजना गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री सतीश कुमार सिंह उपस्थित रहनु भएको थियो। कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता कोषका अध्यक्ष जीवनाथ चौधरीले गर्नुभयो। यस अवसरमा क्षेत्रका प्रमुख साहित्यकार डाक्टर राजेन्द्र प्रसाद विमल, सुनिल मल्लिक, परमेश्वर कपडी लगायतका प्रमुख व्यक्तिहरुको उपस्थिती रहेको थियो। समारोहले क्षेत्रीय सांस्कृतिक समृद्धिमा योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ। छ दिनसम्म सञ्चालन हुने यो कार्यशालामा सामा-चकेवा मूर्तिकला निर्माण गरिने छ। कार्यशालामा भाग लिन दुई दर्जनभन्दा बढी महिला र...
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
कला–संस्कृति, मुख्य -समाचार, समाचार

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन गन चलन बसेको गृहिणी बताउँछन् । “यो (दीपावली) पवनी (पर्व) सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौँ”, बर्दिबास–२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्छिन्, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो ।” पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीतासहितका मैथिल गृहिणीको भनाइ छ । घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ । ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन् । यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृह...