कला–संस्कृति

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न
कला–संस्कृति, मुख्य -समाचार, समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न

धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  हर्सोल्लासका साथ सम्पन्न भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ ।  छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।   भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द...
काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास
कला–संस्कृति, मुख्य -समाचार, समाचार

काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरू तथा भारतमा अध्ययन गरिसकेका नेपाली पेशेवरहरूको उल्लेखनीय उपस्थिति थियो। आइटेक (ITEC) भारत सरकारको विदेश मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि अग्रणी प्लेटफर्म हो। सन् १९६४ मा स्थापना भएको यस कार्यक्रमले हालसम्म १६० भन्दा बढी देशका २ लाखभन्दा बढी पेशेवरहरूलाई तालिम प्रदान गरिसकेको छ। भारतका १०० भन्दा बढी प्रतिष्ठित संस्थाहरूमा हरेक वर्ष १०,००० जना सहभागीहरूलाई विभिन्न कोर्षहरूमा पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण दिइन्छ। ...
संवादका अध्यक्ष भास्करलाई महामुर्ख सम्मेलनमा “मिनाप तरघुसका सम्मान”को उपाधी
कला–संस्कृति, मुख्य -समाचार, समाचार

संवादका अध्यक्ष भास्करलाई महामुर्ख सम्मेलनमा “मिनाप तरघुसका सम्मान”को उपाधी

जनकपुरधाम । २८ बर्षदेखी मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा फागुन पुर्णिमाको दिनमा मनाउॅंदै आएको “महामुर्ख सम्मेलन”मा महामुर्ख मधेश प्रदेशका मुख्यमन्त्रीलाई महानुर्ख तथा संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करलाई तरघुसका मुर्ख उपाधी प्रदान गरिएको छ । विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यगरेकालाई विशेष सम्मान स्वरूप अध्यक्ष भास्करलाई मिनापको दुई दिवसीय सार्वजनिक होली समारोहमा पहिलो दिन लोक गायन तथा दोस्रो दिन व्यंग्यात्मक नाटक, होरी गायन तथा महामुर्ख सम्मेलन कार्यक्रम जनकपुरधामको राम मन्दिर प्रांगनमा भव्य कार्यक्रममा महामुर्खको उपाधी मुख्यमन्त्री सतिश सिंह, तरघुसका मुर्खको उपाधी संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्कर सहित विभिन्न १२ वटा उपाधी संगै सम्मान गरिएको छ । मुख्यमन्त्री सिंहलाइ महामूर्खको उपाधीसँगै प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको । जनकप...
ऐतिहासिक रुपमा सम्पन्न भयो महाकुम्भ मेला, कीर्तिमानी ६६ करोडभन्दा बढी श्रद्धालुहरूले लगाए डुबुल्की
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

ऐतिहासिक रुपमा सम्पन्न भयो महाकुम्भ मेला, कीर्तिमानी ६६ करोडभन्दा बढी श्रद्धालुहरूले लगाए डुबुल्की

 विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक समागम— महाकुम्भ २०२५ मा बुधवार अन्तिम स्नान पर्व महाशिवरात्रिसँगै सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा ४५ दिनसम्म सञ्चालन भएको महाकुम्भ गत १३ जनवरीदेखि प्रारम्भ भएको थियो । यो मेलामा विश्वभरीबाट आएका ६६ करोडभन्दा बढी श्रद्धालुहरूले गंगाको संगममा डुबुल्की लगाएका थिए । मेला प्रशासनद्वारा जारी गरिएको तथ्यांकअनुसार एकै दिन बुधवार साँझ ६ बजेसम्म पौने दुई करोडभन्दा बढी श्रद्धालुहरूले गंगा र संगममा स्नान गरे भने १३ जनवरीदेखि हालसम्म स्नान गर्नेहरूको संख्या ६६ क।रोड २१ लाख पुगेको छ । श्रद्धालुहरूको यो संख्या चीन र भारतबाहेक अमेरिका, रूस र युरोपेली देशहरूको जनसंख्याभन्दा बढी रहेको छ । साथै, यो मक्का र भ्याटिकन सिटी जाने श्रद्धालुको संख्या भन्दा पनि धेरै हो । महाकुम्भ मेलाले सरसफाइका दृष्टिकोणले पनि निकै चर्चा पायो, जसमा सरसफाइ कर...
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, समाचार

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।  संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।  जनकपुरधामको वडा नंं ८ मा रहेको मैथिली विकास कोषको भवनमा हुने महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म चल्ने उहाँले बताउनुभयो । चलचित्र महोत्सवमा १ सय १४ भन्दा बढी देशका ३ हजार ५ सय आवेदन प्रदर्शनका लागि प्राप्त भए पनि छनौट भएका १० विधाका ७८ वटा चलचित्र प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।  नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र म...
अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास
कला–संस्कृति, मनोरंजन, समाचार

अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास

उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म 'लाज शरणम्' सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ।  शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो। फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो।  त्योसँगै फिल्मको प्रचार रोकिएको थियो। निर्माण टिमले फिल्मको टिजर र गीतलाई युट्य...
किन गुलाबी रङ मन पर्छ महिलाहरूलाई?
कला–संस्कृति, मनोरंजन

किन गुलाबी रङ मन पर्छ महिलाहरूलाई?

हरेक रङको कुनै न कुनै अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार रङको राशिफलसँग पनि गहिरो सम्बन्ध हुन्छ। यतिमात्र होइन, रङले मुडलाई पनि असर गर्छ। उदाहरणका लागि, सेतो रङलाई शान्तिको रङ मानिन्छ । त्यसैले शोकको वातावरणमा सेतो रङको प्रयोग गरिन्छ। त्यसैगरी हरियो रङलाई खुसीको प्रतीक मानिन्छ। साथै रातो रङलाई क्रान्ति, ऊर्जा र परिवर्तनको रङ मानिन्छ। सबै रङहरू मध्ये, सबैभन्दा सुन्दर अर्थ गुलाबी रङसँग सम्बन्धित छ। गुलाबी रङलाई लजालु र नम्रताको रङ मानिन्छ। गुलाबी रङको महिलासँग गहिरो सम्बन्ध छ। यही कारणले गर्दा महिला लजाउँदा गाला गुलाबी भएको उदाहरण दिइन्छ। गुलाबी रङको पोसाकलाई सधैँ रुचाइन्छ। तर, गुलाबी रङको अर्थ यतिमा मात्र सीमित छैन। समयसँगै यसको अर्थ परिवर्तन भएको छ । कुनै समय दुई धारे तरबार थियो गुलाबी रङ कुनै समय गुलाबी रङलाई दोधारे तरबार भनिन्थ्यो। गुलाबी शब्द लन्डन अन्डरवर्ल्ड व्यापकर...
माग्ने बुढा र तक्मे बुढा भएर बन्ने ‘माग्ने राजा’
कला–संस्कृति, मनोरंजन

माग्ने बुढा र तक्मे बुढा भएर बन्ने ‘माग्ने राजा’

केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म 'माग्ने राजा' मा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन्। निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै फिल्म 'माग्ने राजा' मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो। यसअघि उनीहरूले 'राम कहानी' फिल्ममा सँगै काम गरेका थिए। विल्सन विक्रम राईलाई 'मेरी बास्सै' मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए। विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रूपमा मान्ने गरेका छन्। ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको फिल्ममा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पक्का भइसकेका छन्।  आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल...
फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता
कला–संस्कृति, मनोरंजन, समाचार

फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता

आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा धुलिखेलका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए । सम्झौता पत्रमा हस्ताक्षरपछि बोर्ड अध्यक्ष डिसीले धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गरिने जानकारी गराए । उनले भने, ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर फिल्म निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’ नगरपालिकाका मेयर श्रेष्ठले नेपाली फिल्म क्षेत्रको विकास र प्रवर्द्धनका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताए । उनले भने, ‘यो परियोजनाले नेपाललाई अ...
जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, औपचारिक घोषणामा कसले के भने ?
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, समाचार

जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, औपचारिक घोषणामा कसले के भने ?

काठमाडौँ । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (जिफ) को प्रथम संस्करणको औपचारिक घोषणा गरिएको छ । आगामी फागुन १६ देखि १८ सम्म मधेश प्रदेशको जनकपुरधाममा हुने चलचित्र महोत्सवको मङ्गलवार राजधानीमा औपचारिक घोषणा गरिएको हो ।चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजक संस्था संवाद फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जानकारी गराएका छन् ।महोत्सवमा अन्तर्राष्ट्रिय पानोरोमा, नेपाली पानोरोमा, स्टुडेन्ट पानोरोमाजस्ता विविध श्रेणीहरूमा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन आइसकेको र नेपाली पानोरोमामा चलचित्र दर्ताको क्रम जारी रहेको आयोजकले जानकारी गराएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीजिफको घोषणा कार्यक्रममा शुभकामना मन्तव...