अन्तर्राष्ट्रीय

एन्फा महिला लिग फुटबलमा आर्मी र पुलिस तथा सङ्कटा क्लब र कोशी प्रदेश खेल्दै
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

एन्फा महिला लिग फुटबलमा आर्मी र पुलिस तथा सङ्कटा क्लब र कोशी प्रदेश खेल्दै

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगमा पाँचौ चरणको खेल शुरु हुँदैछ । आजको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो साढे १२ बजे खेल्दैछन् । पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा आर्मी ९ अङ्कका साथ तेस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र कोशी प्रदेश दिउँसो साढे ३ बजे खेल्दैछन् । ४ खेलमा ९ रहेको कोशी चौथो र सङ्कटा समान ४ खेलमा ४ अङ्कका साथ सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् । ...
विश्व प्राथमिक उपचार दिवस मनाइँदै : गाडी दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचारको अभाव
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

विश्व प्राथमिक उपचार दिवस मनाइँदै : गाडी दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचारको अभाव

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यसैबीच सडक दुर्घटनाका घाइतेहरुले बेलैमा प्राथमिक उपचार नपाउने गरेको अवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको १० वर्षमा २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । दुई लाख ६० हजार वटा भन्दा धेरै दुर्घटनामा ५० हजार जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । कतिपयले घटनास्थलमै ज्यान गुमाउँछन् भने धेरैको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा ज्यान जान्छ । यदि दुर्घटनास्थल र बाटोमा उचित प्राथमिक उपचार पाएमा ज्यान गुमाउने र घाइतेले भोग्नुपर्ने अपाङ्गताको समस्या कम गर्न सकिने डाक्टरहरु बताउँछन् । तर नेपालमा दुर्घटनास्थल तथा बाटोमा प्राथमिक उपच...
१७ वर्षदेखि अलपत्र रामजानकी  बहुउद्देश्यीय रंगशाला निर्माण गर्न मुख्यमन्त्री सिंहको सक्रियता” 
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

१७ वर्षदेखि अलपत्र रामजानकी  बहुउद्देश्यीय रंगशाला निर्माण गर्न मुख्यमन्त्री सिंहको सक्रियता” 

जनकपुरधाम  । जनकपुरधाम मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले १७ वर्षदेखि अलपत्र परेको जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा चासो देखाएका छन्। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत यो योजना प्रदेशकै दीर्घकालीन महत्त्वको रहेको उल्लेख गर्दै निर्माणका लागि अत्यावश्यक कार्यहरू अघि बढाउन लागेको जानकारी दिएका छन्। यसले रंगशालाको निर्माणको पर्खाइमा रहेका खेलप्रेमीहरूमा नयाँ आशा जगाएको छ। रंगशाला निर्माणका लागि २०७४ मा सरकारले अनुमति दिएको थियो, र राष्ट्रिय खेलकुद परिषद्ले रजौलमा १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो। तर, हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। यसबीचमा पोखराको रंगशाला अन्तर्राष्ट्रियस्तरको भइसकेको छ, तर जनकपुरधामको रंगशाला अलपत्र अवस्थामा छ। मुख्यमन्त्री सिंहको चासोले अब छिट्टै निर्माण कार्य सुरु हुने अपेक्षा ग...
अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।‘कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ,’ परराष्ट्र स्रोतले भन्यो,‘अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ ।’यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् । ...
भेनेजुएलामा राष्ट्रपतिका विपक्षी उम्मेदवार गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भेनेजुएलामा राष्ट्रपतिका विपक्षी उम्मेदवार गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी

भेनेजुएलामा हालैको राष्ट्रपतीय चुनावमा विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राष्ट्रपति निकोलस मादुरो निकट रहेको सरकारी वकिलको कार्यालयले गरेको अनुरोधपछि एक न्यायाधीशले गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी गरेका बीबीसीले जनाएको छ । राष्ट्रपति मादुरोलाई निर्वाचन परिषद्ले जुलाईको चुनावमा विजयी घोषणा गरेको थियो । परिषद्का धेरैजसाे सदस्यहरू राष्ट्रपति मादुरोकै समर्थनमा छन् । तर सरकारले आफ्नो विजयको दाबीलाई समर्थन गर्ने कुनै प्रमाणहरू प्रकाशित गर्न सकेको छैन । विपक्षीहरूले भने उनीहरूको मतदान डाटाले गोन्जालेजले सजिलै जितेको देखाएको बताउँदै आएका छन् । यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले मादुरोको विमान डोमिनिक रिपब्लिकबाट नियन्त्रणमा लिएको हो । ...
अभ्यास खेलका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम श्रीलङ्का प्रस्थान
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

अभ्यास खेलका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम अभ्यास खेलका लागि आज श्रीलङ्का गएको छ । नेपाली टिम आइसीसी क्रिकेट विश्व लिग टु अन्तर्गत क्यानडा सिरिजको तयारीमा छ ।नेपाल क्रिकेट संघले १९ जना खेलाडीलाई श्रीलङ्का पठाएको हो । सन्दीप लामिछाने, देव खनाल, रिजन ढकाल, अर्जुन साउद र भिम सार्की भने अमेरिकाको भिसा प्रकृयामा रहेका कारण आज श्रीलङ्का गएनन् ।उनीहरुले श्रलिङ्कामा हुने अभ्यास खेल गुमाउन सक्ने सम्भावना पनि छ । नेपालले, श्रीलङ्का डेभलपमेन्ट टिमसँग तीन एकदिवशीय खेल्नेछ । पहिलो अभ्यास खेल भदौ १८ गते, दोस्रो २० र तेस्रो खेल २२ गते हुने तालिका छ ।तीन अभ्यास खेल पछि क्यानडा सिरिजका लागि खेलाडी छनोट गरिने क्यानले जानकारी दिएको छ । नेपालले यसअघि भारतमा प्रशिक्षण गरेको थियो । नेपाल, क्यानडा र ओमान सम्मिलत सिरिज भदौ ३१ गतेबाट सुरु हुनेछ ।लिग टु मा नेपाल चार खेलबाट दुई अंक जोड्दै तालिकाको सातौं स्थानमा ...
नेपालमा दैनिक उडान तयारीमा श्रीलंकन एयरलाइन्स
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपालमा दैनिक उडान तयारीमा श्रीलंकन एयरलाइन्स

काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले दैनिक उडान तयारी थालेको छ ।आइतबार नेपाल उडानको तेस्रो वर्ष पूरा गरेको श्रीलंकनले निकट भविष्यमै दैनिक उडान तयारी गरिरहेको कम्पनीका लागि नेपालका कन्ट्री म्यानेजर निलिना पाथिरानाले जानकारी दिए ।अहिले श्रीलंकाको राजधानी कोलम्बोलाई यो कम्पनीले साताको चार उडानमार्फत जोडिरहेको छ ।श्रीलंका घुमफिरमा जाने र नेपाल आउने पर्यटकसँगै अस्ट्रेलिया जाने नेपालीलाई ट्रान्जिट उडानमा सेवा दिइरहेको छ ।आइतबार श्रीलंका जाने नेपाली क्रिकेट टिमलाई समेत कम्पनीले बिदाइ गरेको थियो । आइतबार नै कम्पनी सञ्चालनमा आएको ४५ वर्ष पूरा भएको कन्ट्री म्यानेजर पाथिरानाले जानकारी दिए ।कोभिड महामारीबीच नेपाल उडान थालेको कम्पनीले ‘आउट बाउन्ड’ पर्यटनमा जाने नेपालीलाई लक्षित गर्दै दैनिक उडान तयारी गरेको हो । ...
पारा तेक्वान्दोमा नेपालकी पलेशाले पदक रचिन् नेपाली खेलकुदमा ।
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

पारा तेक्वान्दोमा नेपालकी पलेशाले पदक रचिन् नेपाली खेलकुदमा ।

काठमाडौं । पेरिस पारालिम्पिकस्‌अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् ।के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । यो नेपाली खेलकुद कै अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । यस अघि नेपालले कुनै पनि खेलको विश्वकप, ओलम्पिक्स र पारालिम्पिकस्‌मा कुनै पदक जित्न सकेको थिएन ।कांस्य पदकका लागि भएको रिपेचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले पराजित गर्दै इतिहास रचेकी हुन् । सुरुवाती २ मिनेट ३-० ले पछि परेकी पलेशाले त्यसपछि उत्कृष्ट पुनरागमन गरिन् । खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी रहँदा खेल ७-७ को बराबरी अवस्थामा थियो । तर अन्तिम मिनेटमा निकै आक्रामक खेल प्रदर्शन गरेकी पलेशाले १५-८ को सानदार नतिजा हात पार्दै इतिहास रच्न सफल भइन् ।पलेशाले रिप...
कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई

 राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । उहाँले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ’ पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हिजै भएको पहिलो चरणको खेलमा उहाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित हुनुभयो । दोस्रो च...
बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे ।साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खे...