अन्तर्राष्ट्रीय

काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को

काठमाडौँ । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जान्छ ।  अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् ।  ...
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सम्पन्न
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सम्पन्न

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् । उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए । ...
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनु हुनेछ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । ...
चीनमा बढ्दै सम्बन्ध बिच्छेद, फस्टाउँदैछ डिभोर्स अर्थतन्त्र
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

चीनमा बढ्दै सम्बन्ध बिच्छेद, फस्टाउँदैछ डिभोर्स अर्थतन्त्र

एजेन्सी । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षहरुमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत घट्दो क्रममा रहेको छ । सरकारी तथ्यांकले के देखाउँछ भने वार्षिक रुपमा २०१३ मा विवाह गर्नेको संख्या लगभग १ करोड ३० लाख रहेकोमा २०२२ मा आइपुग्दा ७० लाखभन्दा कममा झरेको छ ।चीनको तथ्यांक विभागले सार्वजनिक गरेको यो तथ्यांकले १९८५ पछिकै सबैभन्दा थोरै विवाह भएको देखाउँछ । गत वर्ष भने यो तथ्यांकमा केही मात्रामा वृद्धि देखिएको थियो । अर्थात २०२३ मा विवाहको संख्या ८० लाख पुगेको थियो । तैपनि पछिल्ला वर्षहरुमा देखिँदै गरेको आम प्रवृत्तिलाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।यसैबीच, सम्बन्ध विच्छेदको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । २०१९ मा डिभोर्स गर्नेको संख्या ४७...
चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर

काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।पहिलो अनुबन्धको रुपमा टिमले ल्याउन चाहेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो ।२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् ।चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ । अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग दशरथ रंगशाला कर्भड हलमा हुनेछ । ...
नेपाल पत्रकार महासङ्घको चुनाव फेरि सर्‍याे
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपाल पत्रकार महासङ्घको चुनाव फेरि सर्‍याे

नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ । नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो । महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकाल्नुभएको विज्ञप्तिमा आज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ । ...
एन्फा महिला लिग फुटबलमा आर्मी र पुलिस तथा सङ्कटा क्लब र कोशी प्रदेश खेल्दै
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

एन्फा महिला लिग फुटबलमा आर्मी र पुलिस तथा सङ्कटा क्लब र कोशी प्रदेश खेल्दै

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगमा पाँचौ चरणको खेल शुरु हुँदैछ । आजको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो साढे १२ बजे खेल्दैछन् । पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा आर्मी ९ अङ्कका साथ तेस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र कोशी प्रदेश दिउँसो साढे ३ बजे खेल्दैछन् । ४ खेलमा ९ रहेको कोशी चौथो र सङ्कटा समान ४ खेलमा ४ अङ्कका साथ सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् । ...
विश्व प्राथमिक उपचार दिवस मनाइँदै : गाडी दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचारको अभाव
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

विश्व प्राथमिक उपचार दिवस मनाइँदै : गाडी दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचारको अभाव

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यसैबीच सडक दुर्घटनाका घाइतेहरुले बेलैमा प्राथमिक उपचार नपाउने गरेको अवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको १० वर्षमा २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । दुई लाख ६० हजार वटा भन्दा धेरै दुर्घटनामा ५० हजार जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । कतिपयले घटनास्थलमै ज्यान गुमाउँछन् भने धेरैको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा ज्यान जान्छ । यदि दुर्घटनास्थल र बाटोमा उचित प्राथमिक उपचार पाएमा ज्यान गुमाउने र घाइतेले भोग्नुपर्ने अपाङ्गताको समस्या कम गर्न सकिने डाक्टरहरु बताउँछन् । तर नेपालमा दुर्घटनास्थल तथा बाटोमा प्राथमिक उपच...
१७ वर्षदेखि अलपत्र रामजानकी  बहुउद्देश्यीय रंगशाला निर्माण गर्न मुख्यमन्त्री सिंहको सक्रियता” 
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

१७ वर्षदेखि अलपत्र रामजानकी  बहुउद्देश्यीय रंगशाला निर्माण गर्न मुख्यमन्त्री सिंहको सक्रियता” 

जनकपुरधाम  । जनकपुरधाम मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले १७ वर्षदेखि अलपत्र परेको जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा चासो देखाएका छन्। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत यो योजना प्रदेशकै दीर्घकालीन महत्त्वको रहेको उल्लेख गर्दै निर्माणका लागि अत्यावश्यक कार्यहरू अघि बढाउन लागेको जानकारी दिएका छन्। यसले रंगशालाको निर्माणको पर्खाइमा रहेका खेलप्रेमीहरूमा नयाँ आशा जगाएको छ। रंगशाला निर्माणका लागि २०७४ मा सरकारले अनुमति दिएको थियो, र राष्ट्रिय खेलकुद परिषद्ले रजौलमा १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो। तर, हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। यसबीचमा पोखराको रंगशाला अन्तर्राष्ट्रियस्तरको भइसकेको छ, तर जनकपुरधामको रंगशाला अलपत्र अवस्थामा छ। मुख्यमन्त्री सिंहको चासोले अब छिट्टै निर्माण कार्य सुरु हुने अपेक्षा ग...
अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।‘कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ,’ परराष्ट्र स्रोतले भन्यो,‘अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ ।’यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् । ...