नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउन मिति २०८१ जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो ।
ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्न...








