भारतीय राजदूतावासले ५९ औं आइटेक दिवस मनायो
काठमाडौं, २०८० चैत्र ९ - भारतीय राजदूतावासले आज ५९ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। आइटेक दिवसको अवसरमा संसदका कैयौं सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्व नेपाली विद्यार्थी गरी करिब ३०० जना अतिथि समेटिएको थियो।
नेपाल लगायत १६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराउने आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेट्छ। यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो।
आइटेक दिवसको अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी 'वसुधैव कुटुम्बकम्' र 'सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास' सिद्धान्तमा आधारित र...