Author: sambadmediacom

१७ औं गणतन्त्र दिवसको अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा दीप प्रज्वलन ।
मुख्य -समाचार

१७ औं गणतन्त्र दिवसको अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा दीप प्रज्वलन ।

मोरङ । जेठ १५ गते अर्थात गणतन्त्र दिवस । जननिर्वाचित पहिलो संविधानसभाले ०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो । गणतन्त्र घोषणाको १७ औं गणतन्त्र दिवस को अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा विराटनगरको पुष्पलाल चौकमा दीप प्रज्वलित गरेको छ ।  सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै संवाद फाउन्डेसन मोरङ को सदस्य सचिव निग्मु शेर्पा ले गणतन्त्र आएपनि नेताहरुको चरित्र सुधार र राज्य व्यवस्थाको प्रणाली सुधार गर्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी हामी नागरिकमा रुपान्तर भएको दिन दीप प्रज्वलित गरेर मनाउनु हर्षको विषय हो । संवाद फाउन्डेसन मोरङ को सदस्य सचिव निग्मु शेर्पा सो कार्यक्रममा नेपाल प्रहरी , विधार्थी , बुद्धिजीवी , पत्रकार साथै समाजसेवी को विशेष उपस्थिति थियो । सुनिल यादवले कार्यक्रमको संयोजन गर्नुभएको थियो । ...
Uncategorized

जनकपुरधाम: विधार्थीहरु माझ रक्तदान सचेतना कार्यक्रम

जनकपुरधाममा ब्लड फर नेपालको आयोजनामा रक्तदान सचेतना कार्यक्रम गरिएको छ। जनकपुरधामको सेन्ट्रल इन्जिनियरिङ कलेजमा रक्तदान सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रममा कलेज भित्रका डेढ सय विधार्थीहरुको सहभागीता रहेको थियो। रक्तदान सचेतना कार्यक्रममा ब्लड फर नेपाल ध‌नुषा का सह -संयोजक अमित कुमार यादव,सदस्य विकास साह र सञ्जय साहले प्रस्तुतिकरण गरेका थिए । विधार्थीहरुलाई राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत सचेतना गराएका थिए। “आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ” भन्ने नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा ब्लड फर नेपालले महोत्तरी र धनुषाका सामुदायिक तथा निजि विधालयहरुमा समेत सचेतना कार्यक्रम गरिदै आएको ब्लड फर नेपाल धनुषाका अध्यक्ष अजय अधिकारीले बताउनुभयो। ब्लड फ़र नेपालले बिग्त ६ बर्ष द...
Uncategorized

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

काठमाडौं : आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ । जनकपुरधाममा जानकी नवमीको रौनक सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगतजननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा ...
गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे
मुख्य -समाचार

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभिनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्रमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ । ...
भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
अन्तर्राष्ट्रीय, मुख्य -समाचार

भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ‘The Embankment and Launching Apron Dhungre  Khola River Training Works’ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर श्री शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो । २. ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल स...
मटिहानी को बस्तीमा भीषण आगलागी 
मुख्य -समाचार, समाचार

मटिहानी को बस्तीमा भीषण आगलागी 

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।  उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्।  आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए। उनले मटिहानीका लागि यो कठिन परिस्थिति रहेकोमा सबै स्थानबाट आगलागी नियन्त्रणको साधन–स्रोत सक्दो चाँडै पठाइदिन आग्रह गरे। ...
१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा
समाचार

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

 काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति,  प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुला...
केमिकल बोकेको ट्रकमा आगलागी
समाचार

केमिकल बोकेको ट्रकमा आगलागी

 काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो । आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो । दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानका...
सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए
समाचार

सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा प्रहरी हेडक्वार्टर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई सोमबार हेडक्वार्टर तान्ने निर्णय गरेको हो । जिम्मेवारी खासेर हेडक्वार्टर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको छैन । ‘जिम्मेवारीमुक्त गरेर हेडक्वार्टर तान्ने निर्णय भएको हो । तर किन के कारण भने अहिले केही भन्न मिल्दैन’ हेडक्वाटर स्रोतले अनलाइनखबर सँग भन्यो । उनले २ फागुनमा मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड सम्हालेका थिए । ...
यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापा
समाचार

यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने बताए । ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको’, उनले भने । नेता थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ । ‘चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघ...