माग्ने बुढा र तक्मे बुढा भएर बन्ने ‘माग्ने राजा’

केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन्।

निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै फिल्म ‘माग्ने राजा’ मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो। यसअघि उनीहरूले ‘राम कहानी’ फिल्ममा सँगै काम गरेका थिए।

विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’ मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए। विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रूपमा मान्ने गरेका छन्।

ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको फिल्ममा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पक्का भइसकेका छन्। 

आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ। फिल्मको यही शिवरात्रीका दिनदेखि सुटिङ सुरू हुँदैछ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *