१७ वर्षदेखि अलपत्र रामजानकी  बहुउद्देश्यीय रंगशाला निर्माण गर्न मुख्यमन्त्री सिंहको सक्रियता” 

जनकपुरधाम  । जनकपुरधाम मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले १७ वर्षदेखि अलपत्र परेको जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा चासो देखाएका छन्। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत यो योजना प्रदेशकै दीर्घकालीन महत्त्वको रहेको उल्लेख गर्दै निर्माणका लागि अत्यावश्यक कार्यहरू अघि बढाउन लागेको जानकारी दिएका छन्। यसले रंगशालाको निर्माणको पर्खाइमा रहेका खेलप्रेमीहरूमा नयाँ आशा जगाएको छ।

रंगशाला निर्माणका लागि २०७४ मा सरकारले अनुमति दिएको थियो, र राष्ट्रिय खेलकुद परिषद्ले रजौलमा १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो। तर, हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। यसबीचमा पोखराको रंगशाला अन्तर्राष्ट्रियस्तरको भइसकेको छ, तर जनकपुरधामको रंगशाला अलपत्र अवस्थामा छ।

मुख्यमन्त्री सिंहको चासोले अब छिट्टै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ। जनकपुरधामका युवाहरूले मुख्यमन्त्रीको यस पहललाई सकारात्मक रूपमा लिएका छन्, र रंगशाला निर्माणलाई प्रदेशको गौरवको योजना बनाउँदै छिट्टै सम्पन्न गर्ने अपेक्षा राखेका छन्।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *