सशस्त्र प्रहरी ले समात्यो १८ लाखको अवैध सामान, चार जना महिला पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करीब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई पक्राउ गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले जानकारी दिए ।

उनकाअनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपिबाट १८ लाख ५६ हजार रुपैयाँ बरावरको अवैध सामान बरामद गरि कारवाहीका लागि भन्सार बुझाइएको छ । यस्तै एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *