संसद्‌मा एकमतका साथ प्रस्तुत हुने सत्तारुढको निर्णय

१४ माघ, काठमाडौं । सत्ता साझेदार दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेको एक सहभागीले बताए ।‘हामी सबै एकैस्वर भएर संसद्‌मा जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । अरु धेरै कुरा भएन,’ ती नेताले भने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए ।

‘प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गर्नुभयो । पूर्वप्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीले पनि (शेरबहादुर देउवा) ले पनि राम्रो छ भन्नुभयो’, उनले भने ।सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *