
जनकपुरधाम ।संवाद फाउन्डेशन मधेश प्रदेशको आयोजनामा र संवाद फाउन्डेशन धनुषाको संयोजनमा हिन्दूहरुको महान पर्व दशमीको शुभकामना आदान प्रदान कार्यक्रम जनकपुरधामस्थित होटल सीता प्यालेसमा भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मैथिली विकास कोषका अध्यक्ष श्री जीवनाथ चौधरी रहेका थिए भने विशेष अतिथिका रूपमा नव मिथिला फाउन्डेशनका अध्यक्ष अमित कुमार साह, जनकपुर युथ क्लबका पूर्व अध्यक्ष गोविन्द राई चन्दन, राजर्षि जनक विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष शिव शंकर साह, समाजवादी विद्यार्थी युनियन धनुषा जिल्ला अध्यक्ष राम भगत यादव, अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समिति सदस्य श्याम साह, अनेरास्ववियू धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरी, लोकतान्त्रिक विद्यार्थी संघ केन्द्रिय सदस्य अमित ठाकुर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, संवाद फाउन्डेशन मोरङ जिल्ला अध्यक्ष सुनिल यादव, धनुषा जिल्ला अध्यक्ष हिमान्शु राई, महोत्तरी जिल्ला अध्यक्ष सुमन चौधरी, सर्लाही जिल्ला अध्यक्ष पंकज महरा लगायतका सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संवाद फाउन्डेशन मधेश प्रदेश सदस्य सचिव मनिष कुमार ठाकुरले गरेका थिए।
