संवादका अध्यक्ष भास्करलाई महामुर्ख सम्मेलनमा “मिनाप तरघुसका सम्मान”को उपाधी

जनकपुरधाम । २८ बर्षदेखी मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा फागुन पुर्णिमाको दिनमा मनाउॅंदै आएको “महामुर्ख सम्मेलन”मा महामुर्ख मधेश प्रदेशका मुख्यमन्त्रीलाई महानुर्ख तथा संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करलाई तरघुसका मुर्ख उपाधी प्रदान गरिएको छ ।

विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यगरेकालाई विशेष सम्मान स्वरूप अध्यक्ष भास्करलाई मिनापको दुई दिवसीय सार्वजनिक होली समारोहमा पहिलो दिन लोक गायन तथा दोस्रो दिन व्यंग्यात्मक नाटक, होरी गायन तथा महामुर्ख सम्मेलन कार्यक्रम जनकपुरधामको राम मन्दिर प्रांगनमा भव्य कार्यक्रममा महामुर्खको उपाधी मुख्यमन्त्री सतिश सिंह, तरघुसका मुर्खको उपाधी संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्कर सहित विभिन्न १२ वटा उपाधी संगै सम्मान गरिएको छ ।

मुख्यमन्त्री सिंहलाइ महामूर्खको उपाधीसँगै प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ । महामूर्ख सम्मेलनमा मधेश प्रदेश सरकारका निमित्त स्वास्थ्य सचिव राजेश कुमार मिश्रलाई बालबोध, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, प्रसिद्ध चिकित्सक डा. रामविनय चौधरीलाई खवसुरताको उपाधिले सम्मानित गरिएको छ । 

यसैगरि चित्रकार सीतादेवी कर्णलाई मनपसारन, प्रसिद्ध पशु चिकित्सक एवं प्राध्यापक डा. पिंकी मण्डललाई मनतोरिया, महोत्तरीका प्रसिद्ध प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई सोखानन्द, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलालको उपाधिले सम्मानित गरिएको छ । महामूर्ख सम्मेलनमा जनकपुर वार एशोसिएशनका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी र नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपोरशंख उपाधी प्रदान गरिएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *