शेख हसीनाका पार्टिका नेता हरुको संपत्ती जलाउदै बसन्त कुंवर

बंगलादेशका बिद्रोहिहरुले एक होटलमा आगो लगाएका छन् जुन आबामी लिग पार्टिका नेताको भनिएको छ र यस्मा जलेर झण्डै १४० ब्यक्तीको जिबन गएको भन्ने पनि समाचार आइरहेको छ । दक्षीण एसियाको राजनिती षडयन्त्र, धर्म, जात . बंश र पैसामा आधारीत छ । काम र उन्नतीमा होइन। अहिले बंगलादेशमा जुन अबस्था आएको छ त्यो पनि इनै माथिकाहरु मध एक वा एक भन्दा बडि तत्वहरुको उपज हो जस्को उध्यस्य भनेको भइ रहेको सासन ढाल्ने र आफ्नो सासन ल्याउने नै हो। जब जनताले कानुन हातमा लिव्छन् त्यस पछी त्यांहां तर्कले काम गर्दैन । कानुनले काम गर्दैन । प्रहरी वा शेनाले काम गर्दैन। अराजक हुलले लुटपाट देखि हत्या र तोडफोड देखी सामाजिक सद्भाब मेटाउने सबै काम गर्न सक्छन्। सुरक्षा निकाएको केही लाग्दैन। अहिले बंगलादेसमा प्रहरी हरु सिभील लुगामा हिडेर आफ्नै शुरक्षाका लागी याचना गर्दैछन्।शेनाले कुनै कारबाही गरी रहेको छैन। यस बाट थाहा हुन्छ फेएर वेदरमा शासन चलाउने र आफ्नो शक्ती देखाउने वा शक्तीको दुरुपयोग गर्ने सुरक्षा निकाए हरु बास्तबिक आन्दोलनमा भुसुना बराबर पनि हुदैनन्। यस्ता इन्टिच्युचन केबल फेएर वेदरका समएका लागि मात्र हुव्छन्। बंगलादेसको घटनाले एक मैसेज यो पनि दिएको छ, की शेना र प्रहरीको बलमा सासन गर्न होइन,जनताको बिश्वास जित्न प्रयास गर। सेना र प्रहरी अनि बन्दुक र गाडि थपेर केही हुदैन। दक्षीण एसियामा प्रहरी प्रमुख हरुको पहिचान जनतामा बहादुर भन्दा पनि सासकको हतियारको रुपमा छ।
सासकको इच्छ्याले नै सुरक्षा प्रमुख भएका हरुको कर्तब्य पनी यही हुने गर्दछ । यस्तो अबस्थामा सासक ढले संगै प्रहरी हरु पनि संग संगै ढल्छन पुग्छन्।जागीरे प्रहरी हरुले पुन नया सासक संग सहकार्य गर्ने छन् र अस्तीत्व बचाउन बाध्य हुने छन्। यस्तो समएमा सासन शेनामा जानु स्वभाबिकै हो किनकी शेनाले प्रधान मंन्त्री वा मंन्त्रीको आदेस माने पनि प्रहरीले झै आफ्नो अस्तीत्व लाइ नै उनि हरु समक्ष बुझाएको हुदैन र आफ्नो डर शासक समक्ष राखेकै हुन्छ ।यही डर राख्न शक्नु नै त्यो संस्थाले आपत बिपतमा देस सम्हालन सक्ने अबस्था काएम राख्न सक्नु हो । जब अराजकता बड्छ दक्षिण एसियामा प्रहरीले खासै केहि गर्न सक्तैन किनकी यस क्षत्रमा ,यो संस्था राजनितीज्ञको गोटी भएर काम गरेकाले वा गरेका कारण जनतामा खासै सम्मान राख्दैनन्। फौजले सम्मान प्राप्त गर्न नैतिकता बहादुरी निश्पक्षता र जनता संग सहकार्य गर्ने प्रणालि काएम राख्नु पर्दछ जुन यांहा संभब छैन। संभब नभए रछी यस संस्थालाइ जनताले केबल सरकारको हतियारको रुपमा मात्र लिएका हुन्छन्। दक्षिण यसीयामा प्रहहीका कुनै अफीसर ले सानो इलाकामा यस्तो काम गर्न सके पनी उच्च प्रहरी प्रमुख हरुले यसो गर्न सक्तैनन्! मलाइ लाग्छ ३ हप्ता बिच बंगलादेसको हालतमा क्रमस सुधार हुने छ तर यस बिच हिव्दुहरु र हसीनाका पार्टिका नेता हरुको बिचल्ली हुने छ । भारतको बिरुद्धमा जनमत बड्ने छ , भारतले नचाहेर पनि अहिले बनेको युनुस सरकारको समर्थन गर्ने छ । यो घटनाले भारतको दक्षिण एसीया प्रतिको हेपाहा पनमा भने केहि फरक ल्याउने छ । जांहा सम्म नेपालको कुरो छ बंगलादेसको झै यांहा पनि ठुलो आन्दोलन गरी पुराना पद्धती ब्यक्ती र दल हरु बिरुद्ध भएंकर बिद्रोह गर्न धेरैले मन मनै कल्पना र योजना गर्ने छन् , गरीरहेका छन् र एक झिल्कोको खोजि गरी रहेका छन् । पुराना राजनितीज्ञ हरुले बोलेर र ब्यबहार परीबर्तन गरेर पनि त्यो योजना रोकिने छैन किनकी सासन र नेता संग चित्त नबुझेका जनता हरु सासनसंग चित्त बुझेका कार्यकर्ता हरु भन्दा कैयौं गुणा बडी छन् । यस हिसाबले खतरामा छ नेपाल पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *