
गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
मंगलबार सदीक्षा फिल्म्स युट्युब च्यानलमार्फत ‘धरहरामा बस्यो माया जाल’ बोलको गीत सार्वजनिक गरिएको हो। सपना बानियाँको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ।
केशवराज भट्टले कोरियोग्राफी गरेको म्युजिक भिडिओमा राज टाइगर र शोफीको अभिनय छ। मानकृष्ण महर्जनले छायांकन गरेको भिडिओलाई पदम सुवेदीले सम्पादन गरेका छन्।
आदित्य बुढाथोकीले निर्देशन गरेको म्युजिक भिडिओलाई सदीक्षा फिल्म्सले निर्माण गरेको हो।
Please follow and like us: