वायुसेवा निगमको ह्यांगरमा ३६ मिनेट आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो ।ह्यांगरमा २ बजेर ४३ मिनेटमा लागेको आगो ३ बजेर १९ मिनेटमा मात्रै नियन्त्रणमा आएको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
यद्यपि आगलागीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमले प्रतिक्रिया दिन चाहेनन् ।उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगलागीको कुनै जानकारी नआएको र त्यस विषयमा कुनै सूचना पनि नभएकोले बुझ्नु पर्ने बताए।
त्यस्तै निगमका प्रवक्ता रमेश पौडेलले पनि आगलागीको घटनाका विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।तर विमानस्थल स्रोतले भने निगमको ह्यांगलमा भएको आगलागी नियन्त्रणका फायर डिभिजनबाट एउटा दमकल गएर आगो नियन्त्रणमा लिएको दाबी गरे ।‘वायुसेवा निगमको विमानस्थलभित्र रहेको ह्यांगरमा आगो लागेको विषय लगबुकमा पनि उल्लेख छ, ‘स्रोतले भन्यो, ‘२ बजेर ४३ मिनेटमा लागेको आगो तत्काल नियन्त्रणमा लिएको ३ बजेर १९ मिनेटमा लगबुकमा उल्लेख गरिएको विवरणमा उल्लेख छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *