लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

१. नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गऱ्यो । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको छ ।

२. लुम्बिनीका माननीय मुख्यमन्त्री श्री जोख बहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो। वहाँले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताउनुभयो ।

३. लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।

४. नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताउनुभयो । वहाँले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताउनुभयो । राजदूतले भारतीय राजदूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि बताउनुभयो ।

५. यो कार्यक्रम भारतीय राजदूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरुको श्रृङ्खलाकै एक हिस्सा रहेको थियो ।

६. भारतीय राजदूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा भोलि निकै ठूलो योग प्रदर्शनको आयोजना गर्नेछ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *