लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरकाे लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डाैले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेहरूमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।

पत्रकार सम्मेलनमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको बताउनुभयाे । लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको उहाँले बताउनुभयो ।

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमाथि गएकाे चैत ९ गते जिल्ला प्रहरी परिसरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियाे ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *