ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं, चैत्र ९ – भूकम्पपछिको पुनर्निर्माणमा नेपालको साँस्कृतिक सम्पदाक्षेत्रका लागि भारत सरकारको अनुदान सहयोग अन्तर्गत ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन भएको छ। नेपाल सरकारको शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले आज संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन्।

यो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष श्री बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता INTACH का प्रतिनिधिका सहित नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरु पनि उपस्थित थिए।

भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो। २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो। नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो।

माननीय मन्त्री श्री धन बहादुर बुढा ले आफ्नो मन्तव्यमा भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरेका छन्।

राजदूत श्रीवास्तवले बोल्दै भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरेका छन्।

भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ। तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने स

Leave a Reply

Your email address will not be published. Required fields are marked *