रविलाई प्रधानमन्त्रीको जवाफ- संसद्‌मा उठेको विषय संसदबाटै निराकरण हुन्छ

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो राति भेटवार्ता भएको छ । सभापति लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई सरकाले हटाउन खोजेको विषयबारे चासो राख्नुभएको बुझिएको छ ।
रास्वपा सभापति लामिछाने मंगलबार पोखराबाट फर्के लगत्तै समय मागेर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले सत्ता गठबन्धनले उपसभामुख रानालाई पदबाट हटाउने तयारी गरेको विषयको आधिकारिकता के हो भनेर सोधेको बताइएको छ । ओलीले भने संसद्‌मा उठेको विषय संसदबाटै निराकरण हुने जवाफ दिनुभएको थियो ।
सरकारले उपसभामुख राणाविरुद्ध महाअभियोग दर्ताको तयारी गरेपछि हिजोदेखिनै राजनीतिक तरंग उत्पन्न भएको छ । मंगलबारको संसदमा एमालेका सांसदहरुले उपसभामुखको राजीनामा मागेका थिए ।
उपसभामुख रानामगरले अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिससहित गत वर्ष अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *