मेयर भएपछी बालेनको पहिलो गीत सार्वजनिक, ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’

बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ ।

बालेनको युट्युव च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, संगीत र शब्द छ । वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई भिडियोमा चित्रण गरिएको छ । गीतमा चाहिँ बालेनले नागरिकको रुपमा आफूले समृद्ध मुलुक हेर्न चाहेको कुरा वर्णन गरेका छन् ।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ ।

काठमाडौं महानगरको प्रमुख भएपछि पहिलोपटक यो गीत सार्वजनिक भएको हो । बालेनसँग भएका २२ वटा म्युजिक क्याटालगमध्ये एकजनालाई छनोट गरेर गीत ल्याइएको जनाइएको छ ।

गीतले फिल्म ‘लाज शरणम’को हाइप बढाउने विश्वास निर्माताको छ । फागुन १४ गते शिवरात्रीको दिनमा रिलिज हुने फिल्मलाई टिभी सिरिज ‘सक्किगो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।

कुमार कट्टेल निर्देशित फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ । निर्मातामा नवीन श्रेष्ठ, रामनरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *