
जनकपुरधाम। संवाद फाउण्डेशन महोत्तरीले आयोजना गरेको सो कार्यक्रममा मधेस प्रदेश सरकार का वन तथा वातावरण राज्यमन्त्री रञ्जु कुमारी खंग की प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

संवाद फाउण्डेशन का पदाधिकारीहरुले एक घर एक बिरुवा कार्यक्रम अन्तर्गत महोतरीको सदरमुकाम जलेश्वरमा सडक पेटिका क्षेत्रमा रहेका पसलका सञ्चालक र सर्वसाधारण जनताहरूलाई बिरुवा दिएर घर मा रोप्न आग्रह गरेका थिए। उनीहरुले डब्बा मा विरुवा रोपर नाकमा सलाइन पाइप लगाएर साङ्केतिक प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए।

“आज हामीले विरुवा रोपनाैं भने भोलिका दिनमा यसरी नै प्रत्येक मानिसले बिरुवा बाट सलाइन पाइपको माध्यमले श्वास फेर्नुपर्ने अवस्था आउन सक्ने हुँदा हामीले अहिले यी साङ्केतिक प्रदर्शन गरेर सचेत गराएको” संवाद फाउण्डेशन महोत्तरी जिल्ला संयोजक सुमन चौधरीले बताउनुभयो।

उक्त कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा महोत्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरी जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा सशस्त्र प्रहरीका एसपी बिनोद केसी , जलेश्वर नगरपालिकाको कार्यवाहक नगर प्रमुख रविन्द्र यादव, संवाद फाउण्डेशन मधेस प्रदेश सदस्य सचिव मनिष ठाकुर सहितको सहभागीता रहेको थियो।

