भ्रष्टाचारमा दोषी ठहर भएका शर्माले गरे आत्मसमर्पण

काठमाडौं । भ्रष्टाचार कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पूर्वप्रशासक चुडामणि शर्माले आत्मसमर्पण गरेका छन् ।धरौटी तिर्न नसकेपछि उनले शुक्रवार डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन् ।
कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *