भारत सरकारद्वारा बाढी र पहिरो प्रभावित नेपाली परिवारलाई आपतकालीन राहत सामग्री हस्तान्तरण

नेपालगञ्ज, कात्तिक २२ – भारत सरकारले हालै नेपालमा आएको बाढी र पहिरोबाट प्रभावित परिवारहरूका लागि आपतकालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भारत सरकारका तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको हो।

४.२ टनको यो राहत सामग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलहरू समावेश छन्। यो सामग्री भारतबाट नेपालगञ्ज हुँदै प्रभावित क्षेत्रहरूमा पठाइएको छ। साथै, भारत सरकारले अन्य अत्यावश्यक सरसफाई सामग्री, औषधी तथा थप राहत सामग्रीहरू पनि छिट्टै उपलब्ध गराउने जानकारी दिएको छ।

भारत, छिमेकी राष्ट्रको रूपमा, संकटको समयमा सधैं सहयोग गर्न अग्रसर रहेको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि भारतले ‘अपरेशन मैत्री’ अन्तर्गत सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको थियो। यसअघि २०८० सालको कार्तिकमा जाजरकोटमा गएको भूकम्पपछि पनि भारत सरकारले राहत सामग्री उपलब्ध गराएको थियो।

भारत सरकारले नेपालमा हालै बाढी र पहिरोले पुर्‍याएको विनाशमा पनि नेपाल सरकारलाई पूर्ण सहयोग गर्न तत्पर रहेको बताएको छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *