भारतीय राजदूतावासले ५९ औं आइटेक दिवस मनायो

काठमाडौं, २०८० चैत्र ९ – भारतीय राजदूतावासले आज ५९ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। आइटेक दिवसको अवसरमा संसदका कैयौं सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्व नेपाली विद्यार्थी गरी करिब ३०० जना अतिथि समेटिएको थियो।

नेपाल लगायत १६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराउने आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेट्छ। यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो।

आइटेक दिवसको अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए। उनले भारत–नेपाल क्षमता अभिवृद्धि साझेदारीमा भएका प्रगतिलाई चिनाउन ५९ औं आइटेक दिवस मनाउने जानकारी दिए।

सन् २०२३–२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको थियो। यसका अतिरिक्त, नेपालका सरोकारवालाहरुको रुचिलाई ध्यानमा राख्दै आइटेक अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरु ल्याइने बताइएको थियो।

अधिकारिको अनुसार, सन् २०२३–२०२४ मा नेपालका ४४४ पेशाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुमा विभिन्न कोर्षमा तालिम दिइएको थियो। यसका अतिरिक्त, आइटेक अन्तर्गत नेपालका युवा थिङ्क ट्याङ्क/अनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टीफन्स कलेजमा नेबरहुड–फस्र्ट फेलोशिप कार्यक्रममा भाग लिएका थिए । ५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका १५ जना सदस्य, नेपाल पुलिसका १८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्षको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *