एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बताइएको छ । एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् ।
Please follow and like us: