बालुवाटारमा दोसल्ला ओढाएर ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन्।
सभापति देउवाको बिहीबार जन्मदिन हो।
संवैधानिक निकायको रिक्त रहेका पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाउने विषयमा प्रधानमन्त्रीले सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरेका थिए।त्यही सन्दर्भमा प्रधानमन्त्रीले सभापति देउवालाई जन्मदिनको शुभकामना दिएका हुन्।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *