बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्।

नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो।

यसअघि मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *