फूलबारी – बङ्गलाबन्धु नाका पूर्ववत् सञ्चालनमा

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी – बङ्गलाबन्धु नाका खुलेकोे छ ।नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ‘कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँबराबरको सामग्री बङ्गलादेशमा निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरको सामग्री नेपालतर्फ आयात भएको थियो ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *