प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनु हुनेछ ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *