जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ ।
करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सुचारु हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका थिए । मुख्यमन्त्री सिँहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरले बताए ।
Please follow and like us: