नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास

मुलुक अहिले सहकारीमय भएको छ । खासगरी केही बचत तथा ऋण सहकारीका बचतमारा सञ्चालकहरूले सहकारीको ठूलो रकम हिनामिना गरेका खबरहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनखबर, सामाजिक सञ्जाल आदिमा दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छन् । र, यो मुलुकको कुना–कुनासम्मका सर्वसाधारण समेतको चासोको विषय भएको छ ।

सिद्धान्ततः बचत तथा ऋण सहकारी संस्थाहरू वित्तीय सहकारी संस्था हुन्, जुन यसका सदस्यहरूको स्वामित्व र नियन्त्रणमा एक सदस्य एक मतको आधारमा प्रजातान्त्रिक हिसाबले सञ्चालित हुन्छन् । तिनीहरू सदस्यहरूसँग भएको स–सानो बचत जम्मा गरेर कुनै सदस्यलाई आवश्यक भएको बेला सहुलियत दरमा ऋण प्रवाह गर्दछन् । वित्तीय सहकारीको मूल उद्देश्य सामाजिक हो र तिनीहरू नाफा कमाउने भन्दा पनि सामान्यतया विपन्न तथा सीमान्तकृत समूहका सदस्यको बचत तथा ऋण सम्बन्धी आवश्यकता पूर्ति गरी तिनीहरूको जीवनस्तर सुधार्नु हो ।तर सरकारीको मर्म विपरित नेपालमा केही सहकारीका लोभी–पापी सञ्चालकहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई पूर्ण रूपमा कुल्चेर सहकारीको ठूलै दुरुपयोग गरेका एकपछि अर्को घटनाहरू सतहमा आइरहेका छन् । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम व्यक्तिगत फाइदाको लागि प्रयोग गरेको, व्यक्तिगत सम्पत्ति जोडेकोे मात्रै होइन, कानून विपरीत निजी कम्पनी, हाउजिङ, शेयर तथा मिडियामा लगानी गरेका घटनाहरू पनि प्रशस्त छन् । विना कागजात वा सामान्य प्रक्रिया पूरा नगरेर रकम चलाएको, विना धितो ऋण दिएकोे, गैर सदस्य तथा कार्य क्षेत्र बाहिरका व्यक्तिलाई ऋण दिएको, नक्कली व्यक्तिको नाममा फर्जी ऋण खडा गरेको तथा गैर कानूनी किसिमले सहकारीको रकम विदेश लगेका उदाहरण पनि प्रशस्त देखिन्छन् । सहकारीलाई दुरुपयोग गर्ने उद्देश्यले विभिन्न स्थानमा विभिन्न सहकारी स्थापना गरेका, एकभन्दा बढी सहकारीमा सञ्चालक भएका, सहकारीमा पारिवारिक एकाधिपत्य जमाएका, नक्कली सेयर सदस्य खडा गरेको र सहकारीमा एकल निर्णय गर्ने गरेको जस्ता उदाहरण पनि प्रशस्त छन्, ती सबै सहकारीका सिद्धान्त विपरीतका काम हुन् ।सहकारीका लुटेराहरूबाट भएको यस किसिमको खराब अभ्यासबाट ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१’ ले आफूले अध्ययन गरेका सहकारी संस्थाहरूमा रु.८८ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । सर्वाङ्गीण रूपमा समस्याग्रस्त झण्डै ५०० जति सहकारीका १४ लाखभन्दा बढी सदस्यहरूको अढाइ खर्ब भन्दा बढी बचत संकटमा परेकोे अनुमान गरेको छ ।यसमा लाखौं निमुखा जनताले रगत र पसिना बगाएर कमाएको रकम पनि समावेश छ । कतिपय विपन्न वर्गले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम आवश्यक भएको बेला झिक्न नपाएपछि औषधोपचार गर्न नपाएको, तनावले गर्दा स्वास्थ्य बिग्रेकोे, मनस्थिति बिग्रेको, आत्महत्या गरेको, छोराछारीको पढाइलाई निरन्तरता दिन नसकेकोे र घरबार सकिएको जस्ता दर्दनाक घटनाहरू घटेका छन् । सहकारी पीडितहरू आन्दोलित छन् ।

अर्कोतर्फ सहकारीमा जम्मा गरेको बचतको दुरुपयोग भएकोले जाहेरी दिनेको संख्या बढ्दो छ । सहकारीको बचत हिनामिना गर्नेहरू विरुद्ध १६०० भन्दा बढी मुद्दा चलाइएका छन् । कति प्रहरीको हिरासतमा रहेका, कति धरौटीमा छुटेका, कति तारिख खेपिरहेका, कति फरार भएका, कतिले देशै छोडेका छन् । कतिलाई विदेशबाट फिर्ता ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय अपराधी प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएका छन्, कति कारागारमा छन् । खासगरी समाजका आर्थिक तथा सामाजिक हिसाबले पिछडिएका कमजोर वर्गले रगत र पसिना बगाएर कमाएको आयबाट स-सानो रकम बचाई सहकारीमा जम्मा गरेको रकम हिनामिना गर्ने अपराधीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ । तिनीहरू र तिनीहरूको परिवारको नाममा रहेको चल-अचल सम्पत्ति कब्जा तथा लिलाम गरेर निश्चित रकम (जस्तै रु.५ लाख) सम्मको सहकारी पीडितको बचत रकम तुरुन्त फिर्ता गर्ने कार्यलाई प्राथमिकता साथ कार्यान्वयन गर्नुपर्दछ । विभिन्न नीतिगत, कानूनी, प्रक्रियागत तथा संस्थागत सुधार गरेर सहकारीलाई स्वस्थ, सुरक्षित र संरक्षित बनाइनुपर्दछ ।

यसका साथै हाल सहकारीको दुरुपयोग सम्बन्धी विभिन्न दुर्घटनाले गर्दा सहकारी प्रति सिर्जना हुँदै गएको नकारात्मक धारणालाई परिवर्तन गर्नु जरूरी छ । सहकारी सम्बन्धी खराब अभ्यासहरूले सिंगो सहकारीको प्रतिनिधित्व गर्दैनन् । यी घटनाहरू झण्डै ३१ हजार सहकारी संस्थाहरूमध्ये करीब ५०० सहकारीसँग सम्बन्धित घटनाहरू हुन् ।स्थानीय साधनको स्थानीय तहमा प्रयोग गरेर स्थानीय विकास गर्न, ग्रामीण क्षेत्रको विकास गर्न, गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्न, उत्पादन र उत्पादकत्व बढाउन, वातावरण अनुकूलका क्रियाकलाप बढाउन तथा दिगो विकास गर्न सहकारी कोसेढुंगा सावित हुने मान्यता अन्तर्राष्ट्रिय जगतमा बढ्दै गएको छ । हाल विश्वका के ठूला के साना, के धनी के गरिब, के पूँजीवादी के समाजवादी, के धनी के गरिब सबै मुलुकमा सहकारीको भूमिका बढ्दै गएको छ । मुलुकभित्र तथा बाहिर कतिपय सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त अनुसारका क्रियाकलाप सञ्चालन गरेर सहकारीका सदस्यको जीवनस्तर सुधार्नुका साथै समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छन् ।सहकारी सम्बन्धी त्यस्ता सफल कहानीहरूको प्रचारप्रसार गरेर मुलुकमा सहकारी सम्बन्धी नकारात्मक नभई सकारात्मक समाचारले छाउने वातावरण सिर्जना गर्नुपर्दछ । यस सन्दर्भमा यस लेखमा संयुक्त राज्य अमेरिकामा सहकारी सम्बन्धी केही सफल उदाहरणहरू प्रस्तुत गरिनेछन् ।

संयुक्त राज्य अमेरिकामा सहकारीको स्थिति

संयुक्त राज्य अमेरिकामा विभिन्न क्षेत्रमा करीब ३० हजार सहकारी संस्थाहरू सञ्चालित छन् । त्यसमध्ये अधिकांश उपभोक्ता सहकारी छन् । हरेक ३ अमेरिकनमा एक जना सहकारीसँग सम्बन्धित छन् । सहकारीले हरेक वर्ष २० लाख रोजगारी प्रदान गर्दछ र सहकारी मार्फत अमेरिकी डलर ६ खर्बभन्दा बढीको वार्षिक कारोबार हुन्छ । यसैगरी ७ हजार ५०० क्रेडिट युनियनहरू (वित्तीय सहकारी) ले ९ करोड २० लाख अमेरिकनलाई वित्तीय सेवा पुर्‍याइरहेका छन् । २३ करोड मानिसहरू सहकारी तथा सम्बद्ध बीमा कम्पनीबाट सेवा पाइरहेका छन् । ९०० ग्रामीण विद्युत् सहकारीले ४ करोड २० लाख ग्रामीण जनतालाई विद्युत् सेवा आपूर्ति गरिरहेका छन् । २६० टेलिफोन सहकारीले ग्रामीण क्षेत्रका १ लाख २० हजार अमेरिकनलाई टेलिफोन सेवा उपलब्ध गराइरहेका छन् । ५० हजार अमेरिकी परिवार तिनीहरूको बच्चाको हेरचाहका लागि सहकारीको डे–केयर र पूर्व–विद्यालय सेवामा निर्भर छन् ।कुल दूधको बिक्री वितरणमध्ये ७५ प्रतिशतभन्दा बढी सहकारी मार्फत हुने गरेको छ । यसबाट अमेरिकी अर्थतन्त्रमा सहकारीको भूमिका स्पष्ट हुन्छ । संयुक्त राज्य अमेरिकामा सहकारीको विकासमा अग्रगामी भूमिका खेल्ने म्यासाचुसेट्स राज्यमा सञ्चालित वित्तीय सहकारी, उपभोक्ता सहकारी र श्रमिक सहकारी गरी तीन सहकारीको संक्षिप्त स्थिति उदाहरण स्वरुप तल प्रस्तुत गरिएको छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *