नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धे ड्रीम्स’ उत्कृष्ट

काठमाडौं । नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धे ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ ।

स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित समापन समारोहमा युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड वितरण गरिन् ।

विजेता फिल्मकर्मीले यसैवर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाउने जनाइएको छ । फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ लघु फिल्मलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *