निजामती विधेयकमा समेट्नुपर्ने १६ विषय

प्रस्तावित निजामती सेवा विधेयकको बुँदा नम्बर ५८ मा अनिवार्य अवकाश शीर्षकको १ नम्बर बुँदामा ‘निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ’ भन्ने प्रावधान रहेको छ । अवकाशको उमेरका हदका बारेमा नेपालको बदलिँदो जनसाङ्ख्यिकी संरचना र स्वरूप अनुसार निजामती सेवालाई समय सापेक्ष र जनतामुखी बनाउनका लागि केही प्रबन्धहरू गर्नुपर्ने हुन्छ ।

निजामती सेवाको अवकाशको उमेर निर्धारण गर्दा निम्न पाँचवटा पक्षलाई गहिरोसँग केलाउनु पर्दछ ।

क) जनसङ्ख्याको विद्यमान बनावट

ख) औसत आयुग) श्रमिकको उपलब्धता

घ) राज्यलाई पर्ने आर्थिक भार

ङ) स्वास्थ्य सेवाको अवस्था

च) सेवाको प्रकृति१. सर्वप्रथम नेपालको जनसाङ्ख्यिकी परिदृष्य ख्याल गर्न आवश्यक छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । ०–१४ वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको २७.७ प्रतिशत, सक्रिय उमेरको जनसङ्ख्या (१५–६४ वर्ष समूह) जनसङ्ख्या ६५.२ प्रतिशत र ६५ वर्षभन्दा माथिको जनसङ्ख्या ६.९ प्रतिशत छ । निजामती सेवामा प्रवेशको हालको उमेर अवधि १८–४० वर्ष हो । यो उमेर समूहको जनसङ्ख्या करिब ४० प्रतिशत छ । जनगणनाले नेपालको कुल प्रजनन् दर घटेर प्रतिस्थापन तहभन्दा मुनि अर्थात प्रति महिला १.९ मात्र देखाएको छ । यो भनेको प्रजनन् उमेरका १०० जना महिलाले १९० जना मात्र बच्चा जन्माउने गरेका छन् ।

विद्यमान उमेरको ढाँचा किन घटाइयो भन्ने कुनै राजनीतिक कारण होला । तर अवकाशको उमेर ६० वर्ष बनाएको २००८ देखि नै रहेछ ।२. जनसङ्ख्याको यो दृष्य हेर्दा निजामती सेवा ऐन निर्माण हुँदाका बखतको  जनसाङ्ख्यिक अवस्थालाई हेर्नु पर्ने हुन्छ । त्यसबेला नेपालको जनसङ्ख्याको आकार सानो थियो । त्यतिबेला नेपालको जनसङ्ख्या १ करोड ८४ लाख ९१ हजार ९७ थियो । त्यसबेला जन्मदर पनि उच्च थियो । कुल प्रजनन् दर ५.१ थियो । जनसङ्ख्या वृद्धिदर २.१ प्रतिशत थियो । त्यस बेला नेपालमा सक्रिय  १५–६४ वर्ष उमेर समूहको जनसङ्ख्या ५४.१ प्रतिशत थियो ।

३. जनआन्दोलन मार्फत पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था आँउदाका बखत नेपालीको औसत आयु ५१ वर्ष थियो । २०४९ सालमा निजामती सेवा ऐनले अवकाशको उमेर दुई वर्ष घटाएर ६० बाट ५८ वर्ष पारेको थियो । विद्यमान उमेरको ढाँचा किन घटाइयो भन्ने कुनै राजनीतिक कारण होला । तर अवकाशको उमेर ६० वर्ष बनाएको २००८ देखि नै रहेछ ।४. अहिले सन्दर्भ फरक भएको छ । हाम्रो शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, जीवन शैली, यातायात तथा सञ्चारका सुविधा आदिका कारण नेपालीको औसत आयु बढेको छ । पछिल्ला ३२ वर्षमा नेपालीको आयु करिब २० वर्ष बढेर ७१.३ वर्ष पुगेको छ । त्यसैले अवकाशको उमेरलाई वैज्ञानिक समायोजन गर्ने हो भने त ६३ वर्ष बनाए पछि हुन्छ भन्ने मेरो तर्क छ । किनकि निजामती क्षेत्र भनेको शारीरिक श्रम गर्ने भन्दा पनि मानिसक र नीतिगत अभ्यास गर्ने ठाउँ हो । यस्तो ठाउँमा अनुभव प्राप्त कर्मचारीले राम्रो सेवा प्रवाह गर्न सक्दछन् जस्तो लाग्दछ ।

५. अवकाशको समय बढाउँदा नयाँ रोजगारीको बाटो थुनिएला नि भन्ने प्रश्न आउन सक्छ । निजामती सेवा वृहत रोजागरी उपलब्ध गराउने क्षेत्र होइन । यसले कुल रोजगारीको करिब २ प्रतिशत हिस्सा मात्र ओगटेको छ । यो त सार्वजनिक प्रशासनलाई क्षमतावान र जनतालाई छिटो सेवा प्रवाह गर्ने इकाइ हो । त्यसैले यसलाई रोजगारी सृजनाको दृष्टिकोण मात्र लगाउनु हुँदैन ।६. लोकसेवा आयोगका एक दशकका प्रतिवेदन हेर्दा निजामतीमा दरखास्त दिने र जागिरमा सिफारिस हुनकोे डेमोग्राफीको सामान्य झलक पाइने छ । विद्यमान व्यवस्था अनुसार पुरुषले १८–३५ र महिलाले १८–४० वर्षसम्म सेवा प्रवेश गर्न सक्दछन् । यो उमेर समूहको हालको जनसङ्ख्या करिब १ करोड २० लाख जति छ । पछिल्लो एक दशममा लोकसेवामा दरखास्त दिने युवायुवतीको संख्या करिब ५० लाख रहेको छ । लोकसेवामा भर्ना चाहनेको जनसङ्ख्या उत्तारचढावपूर्ण छ । कुनै वर्ष अत्यधिक युवायुवती लोकसेवातर्फ झुकाव राखेका छन् । कुनै वर्ष निकै कम संख्यामा । जस्तै आर्थिक वर्ष २०७३/७४ मा हालसम्मकै उच्च संख्यामा लोकसेवामा आवेदन परेको रहेछ । उक्त वर्ष ८ लाख ४४ हजार २९७ जना युवायुवतीले दरखास्त दिएका रहेछन् । अघिल्लो वर्षभन्दा त्यस वर्ष लोकसेवामा आवेदन दिनेहरू ४२ प्रतिशतले बढेका रहेछन् । चालुवर्ष २०८०/८१ मा लोकसेवा दिनेहरूको संख्या ४ लाख ७३ हजार ४९० मात्र रहेछ । गत वर्षभन्दा यस वर्ष लोकसेवामा दरखास्त दिनेहरू २ प्रतिशतले घटेका छन् ।

पछिल्लो समयमा निजामतीमा अन्य पेसा छोडेर आउनेको लहर बढेको देखिन्छ ।७. जनसङ्ख्याको संरचना परिवर्तन र शैक्षिक वर्षमा भएको फेरबदलसँगै लोकसेवा प्रवेश गर्ने उमेर समूहको बाहुल्यता पनि बदलिएको छ । चालु वर्षमा यो उमेर समूहको हिस्सा घटेर ३२.५ प्रतिशतमा झरेको छ । दोस्रो ठूलो संख्यामा २६–३० वर्ष उमेर समूहका २९.१ प्रतिशत युवाहरूले लोकसेवामा रुचि राखेका छन् ।

८. लोकसेवामा दरखास्त दिने उम्मेदवारहरू पहिला पहिला विवाह नगर्दै जाँच पास गर्ने चाहना राखेको देखिन्छ । जस्तै २०७४ सालको अभिलेख हेर्दा ६७.६ प्रतिशत आवेदक अविवाहित थिए ३२.३२ प्रतिशत विवाहित । तर चालु वर्षको तथ्यांक हेर्ने हो अविवाहित हुँदै लोकसेवामा आवेदन दिनेको संख्या घटेको छ । यस वर्ष ५१.३ प्रतिशत अविाहित, ३५.६५ प्रतिशत विवाहित र १३.०५ प्रतिशत एकलहरूले लोकसेवामा आवेदन दिएका छन् ।

९. लोकसेवामा आवेदन दिने मध्ये ५० प्रतिशत महिला छन् । यो खुसीको कुरा हो ।

१०. पछिल्लो समयमा निजामतीमा अन्य पेसा छोडेर आउनेको लहर बढेको देखिन्छ । २०७४ सालमा आवेदन दिने मध्ये ८७.४ प्रतिशतले आफू बेरोजगार भएको उल्लेख गरेकोमा यस वर्ष ७६.३३ ले मात्र बेरोजगार भएको उल्लेख गरेका छन् ।११. निजामती किताबखानाको अभिलेखमा हरेक वर्ष करिब २२ सयको संख्यामा कर्मचारी ५८ वर्ष पुगेर अवकाश पाउँदा रहेछन् । आर्थिक वर्ष २०७७/७८ मा २४८० जना अवकाश भएकोमा यस वर्ष २ हजार ११९ जना अवकाशमा जाँदै रहेछन् ।

१२. संघीय निजामती ऐनमा श्रेणिविहीन र राजपत्र अनङ्‍कितको सेवा प्रवेश १८ वर्ष र राजपत्राङ्‍कितको सेवा प्रवेश २१ वर्ष तोकिएको छ । नेपालको संविधान अनुसार १६ वर्ष पुगेपछि कुनै पनि नागरिकले नागरिकता प्राप्त गर्ने हुनाले सेवा प्रवेशको न्यूनतम उमेर पनि १६ वर्ष नै कायम गरे हुन्छ भन्ने मेरो सुझाव छ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *