दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो

जहाजका कर्मचारीको गल्तीका कारण एउटा बिरालोले २४ घन्टामा तीनपटक न्युजिल्यान्ड-अस्ट्रेलिया यात्रा गरेको छ।

आठ वर्षीया मिटन्स नामको पोथी बिरालोलाई जनवरी १३ मा न्युजिल्यान्डको क्राइस्ट चर्चबाट अस्ट्रेलियाको मेलबर्न जाने जहाजमा चढाइएको थियो।

उक्त बिरालोलाई मेलबर्न लैजान उनका मालिकहरूले न्युजिल्यान्डबाट एकतर्फी जहाजको टिकट काटेका थिए। जहाज मेलबर्नमा ओर्लिएपछि कार्गोमा राखिएको बिरालो आउला भनेर कुरेर बसे। तीन घन्टा कुर्दा पनि बिरालो आएन। त्यसपछि उनीहरूले जहाजका कर्मचारीसँग सोधखोज गरे।

ती कर्मचारीले जहाज न्युजिल्यान्ड फर्किसकेको र बिरोलो गल्तीवश जहाजमै परेको बताए।

जहाज न्युजिल्यान्ड पुग्न साढे सात घन्टा लाग्ने कर्मचारीले बताए।

बिरालो मालिक निअसले हरेस खाँदै भनिन्, ‘मैले भनेँ, यो कसरी हुन सक्छ? यो कसरी हुन सक्छ? हे भगवान!’

एअर न्युजिल्यान्डले पाइलटलाई जहाजको कार्गोमा बिरालो रहेको जानकारी गराए। पाइलटले बिरालोलाई तातो होस् भनेर कार्गो राख्ने ठाउँमा हिटर चलाइदिए।

‘मेलबर्नमा हाम्रो नयाँ जीवनको खराब सुरूआत भयो, किनभने हाम्रो परिवारको सदस्य हामीसँग थिएन, हामी पूर्ण थिएनौं,’ बिरालो मालिक निअसले भनेकी छन्।

यो दुःखद कथाको सुखद अन्त्य भयो। न्युजिल्यान्ड अवतरण गरेपछि उक्त जहाज कम्पनीले बिरालोलाई फेरि मेलबर्न फिर्ता पठाइदियो।

निअसले बिरालो भेटेपछि भनिन्, ‘हाम्रो भेट भएपछि उनी (बिरालो) मेरो अँगालोमा दौडिइन्। अनि अहिलेसम्मकै सबभन्दा ठूलो अंकमाल गरिन्। मलाई यसले ठूलो राहत दियो।’

एअर न्युजिल्यान्डले बिरालोको यात्रा खर्च सबै फिर्ता गरेको छ। तनावका लागि माफी पनि मागेको छ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *