चितवन । लगातारको झरी नरोकिएपछि चितवन हुँदै काठमाडौं जाने राजमार्गमा भोलि बिहान ५ बजेसम्म कुनै पनि सवारी साधन चलाउन रोक लगाइएको छ। वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम बढेकोले दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले यो निर्णय गरेको हो।
सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउनका लागि भोलि बिहानसम्म सवारी सञ्चालन नगर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। विशेष गरी पहाडी क्षेत्रमा पहिरो खस्ने जोखिम उच्च रहेको र सडक अबरुद्ध हुने अवस्था सिर्जना भएकाले यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा सफाइ कार्य तीव्र पारिएको र मौसममा सुधार आएपछि मात्रै सडक पुनः सञ्चालनमा ल्याइने बताइएको छ। यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सूचना लिने सल्लाह दिइएको छ। प्रशासनले सम्भावित खतरा टार्नका लागि नागरिकलाई संयमित भएर सहकार्य गर्न अपिलसमेत गरेको छ।