जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो ।किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।
जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको बताइएको छ ।