जनकपुरधाम: विधार्थीहरु माझ रक्तदान सचेतना कार्यक्रम

जनकपुरधाममा ब्लड फर नेपालको आयोजनामा रक्तदान सचेतना कार्यक्रम गरिएको छ।

जनकपुरधामको सेन्ट्रल इन्जिनियरिङ कलेजमा रक्तदान सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रममा कलेज भित्रका डेढ सय विधार्थीहरुको सहभागीता रहेको थियो। रक्तदान सचेतना कार्यक्रममा ब्लड फर नेपाल ध‌नुषा का सह -संयोजक अमित कुमार यादव,सदस्य विकास साह र सञ्जय साहले प्रस्तुतिकरण गरेका थिए । विधार्थीहरुलाई राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत सचेतना गराएका थिए।

“आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ” भन्ने नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा ब्लड फर नेपालले महोत्तरी र धनुषाका सामुदायिक तथा निजि विधालयहरुमा समेत सचेतना कार्यक्रम गरिदै आएको ब्लड फर नेपाल धनुषाका अध्यक्ष अजय अधिकारीले बताउनुभयो। ब्लड फ़र नेपालले बिग्त ६ बर्ष देखी धनुषा, महोत्तरी लगायत देशका अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *