चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता

लुको जवाफलाई अघिल्लो साता नेपालस्थित अमेरिकी दूतावासले गरेका सातवटा ट्वीट थ्रेडसँग जोडेर हेर्नुपर्ने हुन्छ, जहाँ अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे प्रसंग छन् । त्यस्तै सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा अमेरिकी दुतावासले लेखेको हो ।

२५ मंसिर, काठमाडौं । काठमाडौंबाट स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साँझ नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा उनले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा (बीआरआई फ्रेमवर्क) सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता अपनाइएको छ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’

लुले बीआरआई फ्रेमवर्क सम्झौताले नेपालको हित, पारस्पारिक सम्मान र सम्प्रभुतामा आधारित रहोस् भनेर आफूहरुले चाहेको अर्थपुर्ण संकेत पनि गरे । ‘हामीले बीआरआईको आधिकारिक दस्तावेज त देखेका छैनौं,’ उनले अर्को टिप्पणी गरे, ‘यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरौं ।’दक्षिण तथा मध्य एसियाली देशका लागि जो बाइडन प्रशासनका सहायक मन्त्री रहेका लुले आफ्नो कार्यकाल सकिनुअघि भारत, श्रीलंका र नेपाल भ्रमण गरे । त्यही भ्रमण समानका क्रममा चीनसँग जोडेर यस्तो टिप्पणी गरे । लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाएका हुन् । उनले नेपालसँग आफ्नो देशले एमसिसी सम्झौता गर्दा पारदर्शिता अपनाएको प्रसंग पनि जोडेर बीआरआईको दस्तावेज चाहिँ किन पारदर्शी नभएको भन्ने टिप्पणी अप्रत्यक्ष रुपमा गरे ।नेपाल–चीन बढ्दो निकटतालाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा लुले थपे, ‘हामी नेपाललाई सबल राष्ट्रका रुपमा देख्न चाहन्छौं, ता कि यसले कुनै पनि देशको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र निर्णय लिन सकोस् । नेपालले अमेरिका, भारत, चीन, टर्की, जापान, कोरिया, पाकिस्तान सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । राखोस् पनि ।’लुको जवाफलाई अघिल्लो साता नेपालस्थित अमेरिकी दूतावासले गरेका सातवटा ट्वीट थ्रेडसँग जोडेर हेर्नुपर्ने हुन्छ, जहाँ अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे प्रसंग छन् । त्यस्तै सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा अमेरिकी दुतावासले लेखेको हो । लुको टिप्पणी त्यसैको निरन्तरतामा आएको देखिन्छ ।

अघिल्लो साता नेपाल र चीनले सबैलाई चकित पार्दै संयुक्त वक्तव्य, अनि सबै समझदारीपत्रको समापनपछि अलग्गै सम्झौता गरेर बीआरआई फ्रेमवर्क सम्झौता टुंग्याएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न नपाएका लुले उनका मुख्य सल्लाहकार विष्णु रिमाललाई सोमबार भेटे । त्यसअघि आइतबार उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्का थिए । प्रधानमन्त्रीका विकास सल्लाहकार युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेललाई साेमबार भेटेका लुले दुईदिने भ्रमण टुंग्याएर राति अमेरिका फर्केका हुन् ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *