
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन् ।
चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् । उनीहरू दुवैले उपयुक्त समयमा नेपाल आउने जानकारी गराउँदै निमन्त्रणका लागि धन्यवाद दिएको प्रवक्ता ढकालले बताए राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन् ।उनीहरू दुवैले उपयुक्त समयमा नेपाल आउने जानकारी गराउँदै निमन्त्रणका लागि धन्यवाद दिएको प्रवक्ता ढकालले बताए ।सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता गरेका छन् ।