चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर

काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।पहिलो अनुबन्धको रुपमा टिमले ल्याउन चाहेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो ।
२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् ।चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ ।

अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग दशरथ रंगशाला कर्भड हलमा हुनेछ ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *