कान्ति लोकपथ पुनः अवरुद्ध, डाइभर्सनको ह्युमपाइप बग्यो

काठमाडौं । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सनमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि बाटो अवरुद्ध भएको हो ।

गत असोजको १० र ११ गते आएको भारी वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएको थियो । डाइभर्सन निर्माण गरेर दुई सातापछि यातायात सञ्चालन थालिएको थियो ।

शनिबार रातिदेखि अविरल परेको वर्षाले डाइभर्सन बगाएको हो ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *