एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।

’उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो ।अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो-दीपककुमार श्रेष्ठ, सूचना अधिकारी,काठमाडौं जिल्ला अदालत विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । अनलाइनखबरसँगको सम्पर्कमा आएका एक कानून व्यवसायीले केही दिनअघि एलिना आफूकहाँ परामर्शको लागि आएको तर आफूले मुद्दा नहेर्ने जवाफ दिएको बताए । एलिना यतिबेलाकी चर्चित गायिका हुन् ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *