एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान ।

सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्या मा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिईएको छ।
वैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्र्मा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी/हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले
बताए ।
उनले भने ६ वर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रुपैयाँ क्षतिपूर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा मा उल्लेख छ । यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या समाधान गरिएको भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रुपैयाँ को क्षतिपूर्ति दिलाउन सफल भएको जनाइएको छ ।
कार्यक्रममा सामी/हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित , उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।
आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउँगाउमा एजेन्टहरु को बिगबिगी र ठगी बढेकाे बताउदै वैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानीय सरकार गम्भिर गम्भिर बनुपर्नेमा जोड दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री मा.चन्दन कुमार सिंह ज्यु को प्रमुख अतिथि मा र राजविराज नगरप्रमुख इसरत परविन को विशिष्ट अतिथि मा कार्यक्रम संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *