‘एक पेड माँ के नाम’ अभियानको सफलतासँगै वृक्षारोपणमा नयाँ उचाइ

काठमाडौं, प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस २०२४ को अवसरमा ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गर्दै आमाहरुलाई सम्मान जनाउन वृक्षारोपण गर्न आह्वान गर्नुभयो। यो अभियानले व्यापक समर्थन र सहभागीता प्राप्त गरेको छ।

नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर यस अभियानको महत्त्वलाई थप बल दिनुभयो। यसैगरी, भारतीय विदेश सचिव विक्रम मिस्रीले ११ अगस्त २०२४ मा दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर अभियानप्रति आफ्नो प्रतिबद्धता प्रकट गर्नुभयो।

भारतीय डायस्पोराका सदस्यहरु र भारत–नेपाल मैत्री संघले पनि वातावरण संरक्षण र दिगोपन प्रवर्द्धन गर्न बिरुवाहरु रोपेर यस प्रयासमा सहभागीता जनाएका छन्।

‘एक पेड माँ के नाम’ अभियानसँगै, नेपालस्थित भारतीय राजदूतावासले भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै विशेष कार्यक्रम आयोजना गर्‍यो। यस कार्यक्रममा दूतावासका अधिकारी, तिनका परिवार र बालबालिकाहरुले पनि सहभागीता जनाएका थिए, जसले वातावरणीय दिगोपन र विश्वव्यापी कल्याणप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रकट गर्दछ।

‘एक पेड माँ के नाम’ अभियानले निरन्तर काम गर्न प्रेरित गर्दै वातावरणको संरक्षणको लागि सामूहिक जिम्मेवारीमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *