
५ माघ, काठमाडौं । एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष–२०२५ को शुभारम्भ भएको छ ।
भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे ।
सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्याली आयोजना गरिएको थियो ।
Please follow and like us: