एकीकृत समाजवादीले माग्यो मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । 

उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । 

उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मुख्यमन्त्री पाउनुपर्ने माग राखिएको एक पदाधिकारीले जानकारी दिए । 

गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री नपाउने संकेत पाएपछि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा नै लिखित सहमति गनुपर्ने माग राखेको ती पदाधिकारीले सुनाए । “हामीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा नै प्रदेशको भागबन्डा भएको चर्चा भएपछि लिखित सहमतिको माग गरेका थियौँ,” ती पदाधिकारी भन्छन्, “एक मुख्यमन्त्री पाउनुपर्ने माग गठबन्धन बैठकमा अध्यक्षले राख्नुभएको छ ।”

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *