१ पौष, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो ।
अनलाइनखबरले पूर्वको मोरङ–सुनसरी करिडोरदेखि पश्चिमको नेपालगञ्ज–कोहलपुर करिडोरसम्मका उद्योगीहरूसँग गरेको कुराकानीका आधारमा उद्योगहरूमा कम्तीमा साढे ६ घण्टादेखि बढीमा १० घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको देखिएको छ ।उद्योगहरूमा दैनिक कम्तीमा साढे ६ घण्टाको दरले लोडसेडिङ भइरहेको कुरा नेपाल विद्युत् प्राधिकरणका विभिन्न तीनवटा स्रोतले पनि पुष्टि गरेका छन् । ‘सबैभन्दा कम लोडसेडिङ गर्दा पनि बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ८ बजेसम्म उद्योगहरूमा विद्युत् आपूर्ति गर्न सकिने अवस्था नै छैन,’ प्राधिकरण स्रोतहरूले भनेका छन् ।
अघिल्ला वर्षहरूमा पुसपछि मात्रै उद्योगहरूमा विद्युत् कटौती हुने गरे पनि यसपटक भने मंसिरको मध्यदेखि नै विद्युत् कटौती सुरु भएको हो ।‘बाढीले क्षति पुर्याएको पिकिङ रन अफ द रिभर आयोजना मर्मतका लागि अहिले पूर्ण रूपमा बन्द छ, भारतबाट पनि पिक आवरमा विद्युत् आयात हुन सकेको छैन, त्यसले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका प्रवक्ता चन्दन घोषले अनलाइनखबरसँग भने ।
भारतले पिक आवरमा नेपालमा विद्युत् निर्यात नगर्ने कुरा उल्लेख गर्दै नेपालमा आयातको अनुमति दिएको छ । मार्च १५ देखि मे अन्तिमसम्म भने सन आवर (अर्थात् दिउँसो) मात्रै विद्युत् दिने गरी नेपालले अनुमति प्राप्त भएको छ ।यस्तो अवस्थामा ब्याकबोनका रूपमा रहेको तामाकोसी परियोजनाको उत्पादन बन्द हुँदा आपूर्तिमा समस्या भएको प्रवक्ता घोषले स्वीकार गरे ।
त्यसका अतिरिक्त प्रसारण लाइनमा भएको अवरोधले पनि कुनैकुनै दिन विद्युत कटौतीको समय बढ्ने गरेको उनले बताए ।
‘नेपालमा अधिकांश परियोजनाहरू बहावमा आधारित (रन अफ द रिभर) भएकाले हिउँदमा उत्पादन १० देखि ३० प्रतिशतसम्म झर्छ, यस्तो अवस्थामा बर्खा याममा विद्युत् बढी भए पनि हिउँदमा भने माग धान्न सक्दैन,’ उनले भने ।विगत केही दिनयता बर्दघाट–न्यु बुटवल प्रसारण लाइन तथा नवलपुर–ढल्केबर प्रसारण लाइनमा अवरोध आएकाले केही बढी लोडसेडिङ भएको हुन सक्ने उनले बताए ।
तर, उद्योगीहरू भने सबै दिन समान हिसाबले दिनको ८ घण्टा जति लोडसेडिङ भइरहेको बताउँछन् ।
‘लोडसेडिङ त छँदै छ, विद्युत् दिएको अवस्थमा पनि लोड घटाएर मात्रै उद्योग चलाउन भनेर पटकपटक फोन आउँछ, त्यसो गरिरहनुपरेको छ,’ एक उद्योगीले भने ।
प्राधिकरणले बरु घोषणा नै गरेर लोडसेडिङ गरेको भए आफूहरूलाई उद्योग चलाउन सजिलो हुने उद्योगीहरू बताउँछन् । ‘प्राधिकरण लोडसेडिङ घोषणा पनि गर्दैन, अनियमित रूपमा विद्युत् काटिरहन्छ,’ उ