इजरायलको मुख्य विमानस्थलमा मिसाइल प्रहार

काठमाडौं : इजरायली अधिकारीहरूले यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको दाबी गरेका छन्।

विमानस्थल नजिकै मिसाइल खसेपछि सडकमा मानिसहरूले सवारी साधन रोकेर लुकेको बीबीसीले जनाएको छ । इजरायली मिडियाले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै विस्फोटमा चार जना घाइते भएको र आश्रयस्थलमा भाग्ने क्रममा दुई जना घाइते भएको बताएको छ।

‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी बल प्रयोग गरिनेछ,’ इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भनेका छन्।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले  इजरायली विमानस्थल हवाई यात्राको लागि सुरक्षित नभएको बताए। –बीबीसीबाट  

Please follow and like us:
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *