काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम अभ्यास खेलका लागि आज श्रीलङ्का गएको छ । नेपाली टिम आइसीसी क्रिकेट विश्व लिग टु अन्तर्गत क्यानडा सिरिजको तयारीमा छ ।
नेपाल क्रिकेट संघले १९ जना खेलाडीलाई श्रीलङ्का पठाएको हो । सन्दीप लामिछाने, देव खनाल, रिजन ढकाल, अर्जुन साउद र भिम सार्की भने अमेरिकाको भिसा प्रकृयामा रहेका कारण आज श्रीलङ्का गएनन् ।
उनीहरुले श्रलिङ्कामा हुने अभ्यास खेल गुमाउन सक्ने सम्भावना पनि छ । नेपालले, श्रीलङ्का डेभलपमेन्ट टिमसँग तीन एकदिवशीय खेल्नेछ । पहिलो अभ्यास खेल भदौ १८ गते, दोस्रो २० र तेस्रो खेल २२ गते हुने तालिका छ ।
तीन अभ्यास खेल पछि क्यानडा सिरिजका लागि खेलाडी छनोट गरिने क्यानले जानकारी दिएको छ । नेपालले यसअघि भारतमा प्रशिक्षण गरेको थियो । नेपाल, क्यानडा र ओमान सम्मिलत सिरिज भदौ ३१ गतेबाट सुरु हुनेछ ।
लिग टु मा नेपाल चार खेलबाट दुई अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । छैटौ स्थानको ओमानको चार खेलबाट तीन अंक छ । तेस्रो स्थानको घरेलु टोली क्यानडाको आठ खेलबाट आठ अंक छ। आठ राष्ट्र सहभागी लिग टुमा नेदरल्यान्डस शीर्ष स्थानमा छ । उसको ८ खेलबाट १२ अंक छ ।